अर्काको नाममा मतदान गर्ने पक्राउ

पालिका डायरी
२१ फाल्गुन २०८२, १४:५१
पाँच राउण्ड गोली र लागूऔषधसहित दुई जना पक्राउ

अर्काको नाममा मतदान गर्ने एक व्यक्ति रौतहटबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजपुर नगरपालिका-९ बैरिया बस्ने १८ वर्षीय अरजे हयात रहेका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार स्थानीय बैरिया अनाथालय मतदान स्थलबाट उनी पक्राउ परेका हुन् । महमद आसिकको नाममा भोट हाल्न लाइनमा बसिरहेको बेला उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले चेकजाँच गर्दा उनले अर्काको नाममा मतदान गर्ने तयारी गरेको खुलेको छ ।  इलाका प्रहरी कार्यालय राजपुरबाट प्रहरी सहायक निरीक्षकद्वय राम भण्डारी र बहादुर श्रेष्ठको कमाण्डमा खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पछि उनलाई इलाका प्रहरी कार्यालय राजपुरमा राखिएको छ । त्यसैगरि राजपुर निवासी नुजमा बेगम पनि पक्राउ परेका छन् । उनले पनि अर्काको नाममा भोट हाल्ने तयारी गरिरहेको बेला पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  बेगमलाई भने प्रहरीले छाडेको छ ।

प्रतिक्रिया