सुर्खेत कारागारका ८८ कैदीबन्दीले गरे मतदान

पालिका डायरी
२१ फाल्गुन २०८२, १२:२३
सुर्खेत कारागारका ८८ कैदीबन्दीले गरे मतदान

सुर्खेत जिल्ला कारागारमा रहेका जम्मा ८८ जना कैदीबन्दीले प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गरेका छन् ।

बिहिबार ११ बजेसम्म ८८ जनाले मतदान गरेको कर्णाली प्रदेश निर्वाचन अधिकृत लालबहादुर गुरुरङले जानकारी दिए । उनका अनुसार उक्त कारागारमा मतदान सम्पन्न भएको छ  । यसअघि जिल्ला कारागार सल्यानमा रहेका १९ र जुम्लाका १६ जनाले मतदान गरिसकेका छन् ।

यस्तै, प्रदेश निर्वाचन कार्यालय कर्णाली प्रदेशका अनुसार कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रका सबै मतदानस्थलहरुबाट मतदान सुरु भएर जारी रहेको छ।

प्रतिक्रिया