हेटौंडामा १०२ वर्षिय जेष्ठ सदस्यले गरे मतदान
हेटौंडा / उपमहानगरपालिका वडा नम्बर ६ का १०२ वर्षीय टीकादत्त पौडेलले बिहीबार हेटौँडास्थित वंशगोपाल मावि केन्द्रमा पुगेर मतदान गरेका छन् ।
वि.सं. १९८२ मा जन्मिएका उनले ०१५ यताका सबै निर्वाचनमा मतदान गरेको उनका नाति बिजय पौडेलले जानकारी दिए ।
यसपटक उनले छोरा कृष्ण प्रसाद पौडेलको सहयोगमा मतदान गरेका हुन् । ०४२ को निर्वाचनमा उनी आफैँ पनि तत्कालीन हेटौँडा नगर पञ्चायतको वडा नम्बर ६ को सदस्यका उम्मेदवार थिए । आफू झिनो मतान्तरले पराजित भएको उनले सुनाए ।
प्रतिक्रिया


