धादिङ बस दुर्घटना: १७ जना मृतकको सनाखत हुन बाँकी, २८ घाइते (नामावली)

पालिका डायरी
११ फाल्गुन २०८२, ०८:१५
धादिङ बस दुर्घटना: १७ जना मृतकको सनाखत हुन बाँकी, २८ घाइते (नामावली)

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौदी नजिकै गएराति बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ ।

पोखराबाट काठमाडौँ आउँदै गरेको ग।२ ख १४२१ नम्बारको बस गएराति १ बजेतिर त्रिशूली नदी किनारमा खसेको हो ।  दुर्घटनामा ११ जना पुरुष र छ जना महिलाको घटनास्थमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकमध्ये एक महिला र एक पुरुष विदेशी नागरिक भएको खुलेको छ । तर, प्रहरीले अहिलेसम्म मृतकहरुको परिचय खुलाएको छैन । घाइते २८ जनाको नामावली भने प्रहरीले सार्वजनिक गरेको छ ।

बसमा ४४ जना सवार थिए । २८ जना घाइतेको उद्धार गरी अस्पताल पठाइएको छ । दुर्घटनास्थलबाट सबै घाइतेहरुको उद्धार गरिसकिएको छ । केही घाइतेलाई स्थानीय अस्पतालमा उपचार गरिएको छ भने अधिकांशलाई काठमाडौँ पठाइएको छ ।

जिल्लाका तीनै सुरक्षा निकाय र स्थानीयले मृतक र घाइतेको उद्धार गरेका थिए । दुर्घटनाको कारण खुलेको छैन । उद्धारका लागि सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन वेश आदमघाटबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुनिल गिरिको कमाण्डमा  विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोर सहितको टोली खटिएको थियो ।

यी हुन् २८ जना घाइते 

प्रतिक्रिया