सुनचाँदीको मूल्यमा वृद्धि, आज मूल्य कती ?

पालिका डायरी
१० फाल्गुन २०८२, ११:१०
सुनको भाउ बढ्यो, चाँदीको घट्यो

आज सुन चाँदीकै मूल्यमा वृद्धि भएको छ ।  गएको शुक्रबार स्थिर रहेको सुनको मूल्य आज तोलामा ५६ सय रुपैयाँ बढेको हो ।

मूल्य बढेर आज सुन तोलाको तीन लाख १० हजार तीनसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  गएको बिहीबार सुनको भाउ तोलामा ४३ सय बढेको थियो । गएको सोमबारदेखि बुधबारसम्म लगातार घट्दै आएको सुनको भाउ फेरि उच्च दरमा बढ्न थालेको हो ।  गएको मंगलबार तोलामा नौसय रुपैयाँ घटेको सुनको भाउ सोमबार पनि तोलामा तीन हजार रुपैयाँ घटेको थियो ।

आज चाँदीको मूल्य तोलामा ३५४ रुपैयाँ बढेको छ । मूल्य बढेर चाँदी आज तोलाको पाँच हजार चारसय २५ पुगेको महासंघले जनाएको छ ।  गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो । चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो ।

प्रतिक्रिया