सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप

पालिका डायरी
९ फाल्गुन २०८२, १५:२१
सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप

सुनसरीको भोक्राहामा नेपाली कांग्रेस र रास्वपाका कार्यकर्ताबीच झडप भएको छ ।

कांग्रेसको कार्यक्रममा जाने क्रममा सामान्य भनाभनपछि झडप भएको छ । भोक्राहामा भएको चुनावी कार्यक्रममा सहभागी हुन जाँदै गरेका कांग्रेसका कार्यकर्तालाई रास्वपाका कार्यकर्ताले गाली गर्न थालेपछि झडप भएको हो ।

झडपको जानकारी पाए लगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा लिएको छ । ​कांग्रेसको चुनावी कार्यक्रममा सहभागी हुन जाने क्रममा बाटोमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच विवाद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्र खड्काले बताए ।

प्रहरीले दुवै पक्षलाई सम्झाई–बुझाई गरेपछि अहिले त्यहाँको अवस्था सामान्य बनेको डीएसपी खड्काले जानकारी दिए । ​

प्रतिक्रिया