चुनावमा पार्टीविरुद्ध लागेको भन्दै बुवालाई कारबाही गर्न छोराले गरे सिफारिस

पालिका डायरी
४ फाल्गुन २०८२, १७:३४
चुनावमा पार्टीविरुद्ध लागेको भन्दै बुवालाई कारबाही गर्न छोराले गरे सिफारिस

चुनाव नजिकिँदै जाँदा पार्टीको हित विपरित कार्य गरेको भन्दै बुवालाई कारबाही गर्न छोराले सिफारिस गरेका छन् ।

मकवानपुरको मनहरी गाउँपालिका-४ का चन्द्रबहादुर न्यौपानेले आउँदो फागनु २१ गतेको निर्वाचनलाई प्रभाव पार्ने गतिविधि गरेको भन्दै उनका छोरा शंकर न्यौपानेले कारबाहीको लागि सिफारिस गरेका हुन् । नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि समेत रहेका शंकरले जिल्ला सभापति बुद्ध लामासमक्ष कारबाहीको लागि सिफारिस गरेको पत्र  सार्वजनिक भएको छ ।

निर्वाचनमा पार्टीको नीति, विधि र सिद्धान्त तथा उम्मेदवारलाई असर पार्ने किसिमको गतिविधिमा संलग्न भएको भन्दै शंकरले पार्टी कार्यसमितिमा कारबाही गर्न अनुरोध गरेका हुन् । उनले पार्टी सदस्यता समेत नरहने गरी कारबाही गर्न माग गरेका छन् ।

उनले बोधार्थ बागमती प्रदेश सभापति, गाउँ सभापति मनहरी गाउँपालिका र वडा सभापति मनहरी गाउँपालिका-४ मा पनि पठाएका छन् ।  ‘फागुन २१ गते को निर्वाचनलाई प्रभाव पर्ने गरि पार्टीको नीति, विधि, सिद्धान्त र उम्मेदवारलाई असर पार्ने किसिमको गतिबिधिमा लागि रहनु भएकोले नेपाली कांग्रेसको साधारण सदस्य समेत नरहने गरि कारबाहीको लागि सिफारिसका साथ अनुरोध गर्दछु,’ पत्रमा भनिएको छ ।

मकवानपुरको मनहरी गाउँपालिका-४ का शंकर कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन् । उनका बुवा चन्द्रबहादुर कांग्रेसका जिल्ला सदस्य छन् ।

प्रतिक्रिया