जेन-जी आन्दोलनका क्रममा मकवानपुरबाट फरार तीन कैदी पुनः पक्राउ
हेटौंडा / जेन-जी आन्दोलनका क्रममा भिमफेदी कारागार र हेटौंडास्थित बालसुधार गृहबाट फरार भएका तीन जना कैदीलाई प्रहरीले पुनः पक्राउ गरेको छ।
गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा भिमफेदी कारागारबाट फरार रहेका बागमती गाउँपालिका–६ कैलेडाँडाका अन्दाजी ३० वर्षीय मुन्ना स्याङतान जबर्जस्ती करणी र हेटौंडा उपमहानगरपालिका–७ हरियाली निवासी २२ वर्षीय विशाल गोले लागू औषध ट्रामाडोल मुद्दामा दोषी रहेका उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो।
त्यस्तै, हेटौंडास्थित बालसुधार गृहबाट लागू औषध ब्राउन सुगर मुद्दामा फरार रहेका एक जना बालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलासको क्रममा १७ र १८ गते उनीहरूलाई फेला पारी पुनः भिमफेदी कारागार र बालसुधार गृह हेटौंडा पठाएको मकवानपुर प्रहरीले जनाएको छ।


