उम्मेदवारी फिर्ता लिँदै आशिका तामाङ

पालिका डायरी
९ माघ २०८२, १४:४७
उम्मेदवारी फिर्ता लिँदै आशिका तामाङ

रास्वपाबाट धादिङ-२ मा उम्मेदवार बनेकी आशिका तामाङले उम्मेदवारी फिर्ता लिने भएकी छन् ।

उम्मेदवारी फिर्ता लिनेबारे उनले जिल्ला निर्वाचन कार्यालयमा इमेल गरेको बुझिएको छ ।  तामाङले आफू उम्मेदवारी फिर्ताको प्रक्रिया पूरा गर्न धादिङ हिँडेको बताइन् ।

‘मैले फोन र इमेल गरिसकेको छु, शाशरीर उपस्थित हुनुपर्छ भन्नुभएकाले अहिले जाँदैछु,’ उनले भनिन् । आशिकाले उम्मेदवारीबाट पछि हट्नुको कारण भने खुलाउन चाहिनन् । आज उनी निर्वाचन आयोगमा पनि पुगेर परामर्श गरेको बुझिएको छ ।

प्रतिक्रिया