सुनको मूल्य तोलाको ३ लाख नाघ्यो, ६ दिनमा २७ हजार एकसय वृद्धि

पालिका डायरी
९ माघ २०८२, ११:२२
सुनको भाउ बढ्यो, चाँदीको घट्यो

सुनको मूल्य तोलाकै तीन लाख रुपैयाँभन्दा माथि पुगेको छ ।

बिहीबारको मूल्यमा नौ हजार दुईसय रुपैयाँ बढेर सुनकाे भाउ आज तोलाको तीन लाख एक हजार चारसय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनको यो मूल्य आजसम्मकै सबैभन्दा महँगो हो । बुधबार एकैदिनमा १० हजार चारसय रुपैयाँ बढेको सुनको मूल्य बिहीबार तोलामा २९ सय घटेर दुई लाख ९२ हजार दुईसय रुपैयाँमा झरेको थियो ।

गएको बुधबार तोलामा १० हजार चारसय बढेर सुनको मूल्य दुई लाख ९५ हजार एकसय पुगेको थियो। गएको मंगलबार सुनको मूल्य तोलामा दुई हजार सातसय, सोमबार ४२ सय र आइतबार ६ सय रुपैयाँ बढेको थियो। गएका ६ दिनमा सुनको भाउ तोलामै २७ हजार एकसय रुपैयाँ बढिसकेको छ।

आज चाँदीको मूल्य पनि अहिलेसम्मकै उच्च भएको छ । तोलामा ३२० रुपैयाँ बढेर चाँदीको भाउ आज ६ हजार १९० पुगैयाँ पुगेको हाे।

प्रतिक्रिया