प्रतिनिधि सभा निर्वाचन: मकवानपुर–१ बाट विद्या श्रेष्ठको उम्मेदवारी दर्ता

पालिका डायरी
६ माघ २०८२, ११:५५

हेटौंडा / प्रतिनिधि सभा निर्वाचनका लागि मकवानपुर–१ बाट विद्या श्रेष्ठले उम्मेदवारी दर्ता गराएकी छिन्।

श्रम संस्कृति पार्टीबाट श्रेष्ठले उम्मेदवारी दर्ता गराएकी हुन्। प्रविन कुमार रजक समर्थक र ममता प्रधानको प्रस्तावमा श्रेष्ठले उम्मेदवारी दर्ता गराएकी हुन्।

हेटौंडा सडक विस्तारलाई लिएर उज्यालो नेपाल पार्टी छोडेकी श्रेष्ठले हर्क सम्पाङ नेतृत्वको पार्टीबाट उम्मेदवारी दिएकी हुन्।

यस्तै, सोही दलबाट मकवानपुर–२ मा युनिस लामाले उम्मेदवारी दर्ता गरेका छन्। प्रस्तावक रुद्रबहादुर मुक्तान र समर्थक शिवबहादुर केसी रहेका छन्।

प्रतिक्रिया