लागू औषध गाँजासहित तीन जना पक्राउ

पालिका डायरी
१९ पुष २०८२, १९:३९
पाँच राउण्ड गोली र लागूऔषधसहित दुई जना पक्राउ

हेटौंडा /  मकवानपुर प्रहरीले लागू औषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।

शुक्रबार राति करिब ८ बजेको समयमा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले राक्सिराङ गाउँपालिका–८ स्थित युक्ती खोलाको किनार क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार पिठ्युँमा भारी बोकी हिँडिरहेको अवस्थामा शंका लागी रितपूर्वक खानतलासी गर्दा उनीहरूको साथबाट प्रतिबन्धित लागू औषध गाँजा बरामद गरिएको हो।

पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका–८ क्याङराङ निवासी ४१ वर्षीय मनिकलाल प्रजा, सोही स्थानका १९ वर्षीय दिपक भन्ने थोमा प्रजा र १९ वर्षीय सागर तामाङ रहेका छन्। खानतलासीका क्रममा उनीहरूले बोकी ल्याएको बोराभित्र ६ पोका बनाई राखिएको ६६ किलो १० ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ।

बरामद गरिएको लागू औषध गाँजासहित तीनै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।

प्रतिक्रिया