बङ्गुर पालक कृषक र पशु सेवा कार्यालय प्रमुखबीच अन्तरक्रिया

पालिका डायरी
२६ मंसिर २०८२, २०:००

हेटौंडा /  हेटौंडा उपमहानगरपालिका–११ स्थित सिमलटारका बङ्गुर पालक कृषक र पशु सेवा कार्यालय हेटौंडाका प्रमुख, पशुविशेषज्ञ डा. रामप्रकाश प्रधानबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा. प्रधानले कृषकहरूको समस्यामा आफू सधैं साथ रहने बताएका छन्। सिमलटारलाई बङ्गुर पकेट क्षेत्रका रूपमा विकास गर्ने तथा मानव बस्तीबीच रहेका बङ्गुरका खोरहरू स्थानान्तरण गरी एकीकृत रूपमै उचित स्थानमा खोर निर्माण गरी व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको बताए।

उनले बङ्गुर पालनले किसानको जीवनयापन सहज हुने उल्लेख गर्दै व्यवस्थित रूपमा बङ्गुर पालनमा लाग्न किसानहरूलाई सुझाव दिए। हातेमालो बङ्गुर पालक कृषक समूहको आयोजनामा गरिएको सो कार्यक्रममा डा. प्रधानले किसानहरूको खोर निरीक्षण समेत गरेका थिए।

कार्यक्रम हातेमालो बङ्गुर पालक कृषक समूहका अध्यक्ष सुन्दरलाल श्रेष्ठको सभाध्यक्षतामा सम्पन्न भएको थियो।

प्रतिक्रिया