हेटौंडाबाट लागुऔषधसहित २२ वर्षीय युवक पक्राउ

पालिका डायरी
२६ मंसिर २०८२, ०९:४९
पाँच राउण्ड गोली र लागूऔषधसहित दुई जना पक्राउ

विशेष सूचनाको आधारमा मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका–९ त्रिवेणीका २२ वर्षीय सुमित थापा मगरलाई लागुऔषधसहित पक्राउ गरेको छ।

बिहिवार (हिजो) साँझ १७:१५ बजे जि.मकवानपुर हेटौंडा  उपमहानगरपालिका-५ सानोपोखरा चोकस्थित पुष्पलाल पार्कतर्फ जाने बाटोबाट मगरलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार उनीसंग रातो प्लास्टिकमा राखिएका २४ पोका खैरो हिरोइन फेला परेको थियो। साथै, उनले प्रयोग गर्दै आएको ना २३ प ४३४ नम्बरको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ।

पक्राउ परेका मगर र बरामद सामग्रीलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर पठाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयमा ल्याई तौल गर्दा फेला परेको खैरो हिरोइन २ ग्राम ९० मिलिग्राम रहेको प्रहरीकाे भनाइ छ।

प्रतिक्रिया