एमाले महाधिवेशनमा १० हजार स्वयंसेवक परिचालन गरिने

पालिका डायरी
२२ मंसिर २०८२, १६:३१
एमाले महाधिवेशनमा १० हजार स्वयंसेवक परिचालन गरिने

नेकपा (एमाले)को ११औँ महाधिवेशनको उद्घाटनस्थल भक्तपुरको सल्लाघारीमा अस्थायी संरचना निर्माण तीव्र पारिएको छ ।

महाधिवेशन उद्घाटन हुन पाँच दिन बाँकी रहँदा उद्घाटनस्थलमा मञ्च, शौचालय, अतिथिलगायतका लागि आवश्यक अस्थायी संरचना निर्माण तीव्र पारिएको एमालेका पोटिलब्यूरो सदस्य महेश बस्नेतले बताए । भक्तपुरको मौलिक पहिचान झल्किने गरी परम्परागत शैलीमा निर्माण हुने मञ्चका साथै अन्य संरचना निर्माण तीव्र गतिमा भइरहेको उनले बताए ।

उद्घाटनका दिनमा करिब पाँच लाख मानिसको कार्यक्रममा सहभागिता रहने अपेक्षा गरिएको बस्नेतको भनाइ छ । त्यस्तै, उद्घाटन स्थलमा १० हजार स्वयंसेवक परिचालन गरिने भएको छ । उनीहरूमध्ये पाँच सय ५० जना स्वयंसेवक पोसाकसहित सहभागी हुने बस्नेतले बताए ।

युवा सङ्घले ५० हजार कार्यकतालाई उद्घाटनस्थलमा ल्याउने र नेसनल भोलियन्टरले १० हजार कार्यकर्तालाई कार्यक्रमस्थलमा स्वयंसेवकका रुपमा परिचालन गर्ने उनले जानकारी दिए।तालिका छ।

प्रतिक्रिया