चितवन १ बाट सेढाई सर्वसम्मत बने महाधिवेशन प्रतिनिधि

पालिका डायरी
१४ मंसिर २०८२, १४:३६
चितवन १ बाट सेढाई सर्वसम्मत बने महाधिवेशन प्रतिनिधि

हेटौंडा / आगामी मंसिर २७ देखि २९ मा सम्पन्न हुने नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोटमा राष्ट्रिय युवा संघ नेपाल चितवनका सह–संयोजक उत्तम सेढाई  सर्वसम्मत प्रतिनिधि चयन भएका छन्।

सेढाई चितवनकाे निर्वाचन क्षेत्र नं. १ बाट सर्वसम्मत प्रतिनिधि चयन भएका हुन्। संगठन भित्रको सक्रियता, नेतृत्व क्षमताको मूल्यांकन तथा दीर्घकालीन योगदानका आधारमा सेढाईलाई प्रतिनिधि छनोट गरिएको चितवन जिल्ला कमिटीले जनाएको छ।

सेढाईले २०७० बैशाख १२ गते पार्टीको संगठित सदस्यता प्राप्त गरेका थिए। त्यसयता उनले पार्टीको नीति–कार्यक्रम प्रवर्द्धन, युवा संगठन सुदृढीकरण तथा स्थानीय संरचनामा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। निरन्तर क्रियाशीलता, जिम्मेवारीप्रतिको प्रतिबद्धता र संगठनभित्रको नेतृत्व क्षमताका कारण सेढाईले एमाले भित्र विश्वसनीय युवा नेताका रूपमा पहिचान बनाउँदै लगेका छन्।

यसैबीच सेढाई हाल नेकपा (एमाले) चितवन जिल्ला कमिटी सदस्यका रूपमा कार्यरत छन्। महाधिवेशन प्रतिनिधिमा उनी सर्वसम्मत चयन भएपछि स्थानीय तहका नेता तथा कार्यकर्ताले बधाई दिँदै आगामी जिम्मेवारी सफलतापूर्वक वहन गर्ने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया