सिन्धुलीमा गाडी दुर्घटना, ४ जना घाइते

पालिका डायरी
१० मंसिर २०८२, ११:१३
accident

सिन्धुलीको कमलामाई नगरपालिका-१३ माथिल्लो रानीबासस्थित मदन भण्डारी राजमार्गमा मंगरबार (हिजो) दिउँसो भएको सवारी दुर्घटनामा ४ जना घाइते भएका छन् ।

झापाबाट भिमानतर्फ जाँदै गरेको बा १८ च ९८८३ नम्बरको इसुजु डिम्याक्स गाडी अनियन्त्रित भई सडकको दायाँ किनारमा रहेको बिजुली पोलमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

गाडी चालक काठमाडौँ महानगरपालिका-९ निवासी ५४ वर्षीय ओम नारायण सिंह उपचाररत छन्। दुर्घटनापछि गाडी घटनास्थलमै रहनुका साथै अन्य सवार यात्रुहरूलाई जनसेवा अस्पताल बर्दिबासतर्फ पठाइएको प्रहरीले बताएको छ।

दुर्घटनामा घाइते भएकाहरूः- काठमाडौँ महानगरपालिका-९ निवासी ५३ वर्षीया लक्ष्मी कार्की, टाउको र बाँया हातमा चोट, अवस्था सामान्य -५६ वर्षीया रिना सिंह, घाँटी र बाँया हातमा चोट, अवस्था सामान्य -४५ वर्षीया लक्ष्मी कटुवाल, कम्मरमा चोट, अवस्था सामान्य – ४३ वर्षीया लक्ष्मी सिंह, घाँटीमा चोट, अवस्था मध्यम रहेकाे प्रहरीले जानकारी दिएकाे छ ।

प्रतिक्रिया