चितवन कारागारबाट भागेका कैदी झापाबाट पक्राउ

पालिका डायरी
८ मंसिर २०८२, ११:४०
पाँच राउण्ड गोली र लागूऔषधसहित दुई जना पक्राउ

जेनजी आन्दोलनको क्रममा चितवन कारागारबाट फरार भएका एकजना थुनुवालाई झापा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापाको शिवसताक्षी नगरपालिका ८ निवासी २९ वर्षीय आशिष सुब्बा रहेका छन् । सुब्बा गएको भदौ २४ गते जिल्ला कारागार कार्यालय चितवनबाट फरार भएका थिए ।

सालकको अखेटोपहार मुद्दामा पुर्पक्षको लागि थुनामा रहेका उनी कारागारबाट फरार भएपछि आफ्नै घरमा लुकिछिपी बसिरहेको रहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले आइतबार साँझ उनलाई नियन्त्रणमा लिएर कारागारमा बुझाउने तयारी अघि बढाएको छ।

प्रतिक्रिया