हेटौंडा / प्याब्सन मकवानपुरका पूर्व अध्यक्ष तथा अधिवक्ता मदन दाहालले भिमफेदी गाउँपालिका–२, भैँसेस्थित श्री कृष्ण माध्यमिक विद्यालयका ३३ जना विद्यार्थीलाई एसईई तयारी कक्षा अध्ययनका लागि आवश्यक शैक्षिक सामग्री सहयोग गर्नुभएको छ। दाहालले ३५ हजार रुपैयाँ मूल्य बराबरका शैक्षिक सामग्री आइतबार विद्यालयमै पुगेर हस्तान्तरण गर्नुभयो।
विद्यालयका सहायक प्रधानाध्यापक कृष्णप्रसाद पौडेलले आवासीय रुपमा बसेर अध्ययन गरिरहेका विद्यार्थीलाई प्राप्त सामग्री सहयोगले विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सकारात्मक उर्जा मिलेको बताउनुभयो। कार्यक्रममा भिमफेदी गाउँपालिका–२ का वडा सदस्य किरण थिङ, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, अधिवक्ता अमृत बर्तौला लगायतको उपस्थिति थियो।
अधिवक्ता अमृत बर्तौला र पूर्व विद्यार्थी बालकृष्ण बर्तौलाले विद्यार्थीहरुलाई उत्साह प्रदान गर्न शैक्षिक सामग्री उपलब्ध गराउन आवश्यक समन्वय गरेका थिए ।


