कुलेश्वरबाट स्रोत नखुलेको ७६ लाखसहित जितेन्द्र साह पक्राउ
प्रहरीले काठमाडौं महानगर–१४ स्थित कुलेश्वरबाट स्रोत नखुलेको ७६ लाख नेपाली रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ।
प्रहरीले पर्साको छिपहरमाई गाउँपालिका–१ घर भएका ३३ वर्षीय जितेन्द्र साह तुराहलाई उक्त रकमसहित पक्राउ गरेको हो।
उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले नगदसहित उनलाई पक्राउ गरेको हो। कुलेश्वरमा बरामद रकमबारे साहसँग सोधपुछ भइरहेको काठमाडौँका एसएसपी दिलीप घिमिरेले बताए।
पक्राउ परेका आरोपी कुलेश्वरस्थित आँचल फ्रुट सेन्टरका सञ्चालक हुन्। फलफूल पसलबाट १० लाख ७० हजार र अरू रकम उनको डेराबाट प्रहरीले बरामद गरेको हो। उनले डेरामा लुकाएर राखेको अवस्थामा ३ लाख ४ हजार भारु समेत बरामद गरिएको छ।
प्रतिक्रिया

