संवैधानिक, अलोकतान्त्रिक र अवैध सरकार मार्फत देश चलिरहेको बताउँदै उनले देशको रक्षाको लागि संसद् पुनर्स्थापना गरेर अघि बढ्नु विकल्प नरहेको बताए।
संवैधानिक बाटोबाट निर्वाचनमा जाने बताउँदै उनले भने, ‘हामी निर्वाचनमै जाँदैनौ भनेका छैनौँ, तर संवैधानिक बाटोबाट चुनावी प्रक्रियामा होमिन पर्छ भनेका हौँ। संसद् पुनर्स्थापना भएपछि जेनजीलाई समेटेर संविधान संसोधन गर्छौँ। अनि निर्वाचनमा सहभागी हुन्छौँ।’
संसद् पुनर्स्थापनामा अन्य दलहरुले चासो नदिएको संकेत गर्दै उनले संविधानसम्त अभियानहरुमा पनि पक्ष र विपक्षमा क्रियाकलाप भैरहेको बताउँदै उनले भने, ‘मानौँ यो देशमा एकातिर नेकपा एमाले छ, अरु सबै दलहरु अर्कातिर उभिएर एमालेको विरुद्धमा गतिविधिहरु गरिरहेका छन्। तर एमाले एक्लै परे पनि संविधान र देशको रक्षामा अडिक भएर उभिन्छ।’
नेता बर्तौलाले नेकपा एमालेका नेताहरु भष्ट्रचारमा मुछिएका छन् भन्ने गलत भाष्य निर्माण गरेर दललाई कमजोर बनाउन विभिन्न प्रहार भैरहेको बताए।
एमालेका नेतासँग सम्बन्धित भ्रष्टाचारका मुद्दा छन् भने ती सबैमा छानबिन अघि बढाउन सरकारसमक्ष माग गर्दै उनले बोलेर भ्रम फैलाउने भन्दा प्रमाणसहित छानबिन प्रक्रिया अघि बढाउन चुनौती दिए।