बिजुलीका पोल बोकेको ट्रयाक्टर दुर्घटना, चालकको मृत्यु

पालिका डायरी
२५ कार्तिक २०८२, ११:१७
accident

बिजुलीका पोल बोकेको ट्र्याक्टर गए राति मुगुमा दुर्घना हुँदा चालकको मृत्यु भएको छ भने एक जना घाइने भएका छन् ।

बाजुराबाट हुम्लाको पिपलमुडामा रहेको विद्युतको सबस्टेसन जडानका लागि पोल ढुवानी गरिरहेको लु ५ त १२३७ नम्बरको ट्रयाक्टर दुर्घटनामा परेको हो । ट्र्याक्टर मुगुको सोरु गाउँपालिकाको केन्द्रतर्फ जाँदै गरेको थियो ।

बाजुराको गौमुल गाउँपालिका–३ का अन्दाजी २४ वर्षीया सुरेश रोकायाको घटनास्थलमै मृत्यु भएको सोरुकोट प्रहरी चौकीका बलवीर लावडले जानकारी दिए । विद्युत् पोल बोक्ने क्रममा उकालोमा ट्र्याक्टरको ‘ब्रेक फेल’ भई करीब ७०० मिटर तल खसेको हो ।

दुर्घटनामा चालक रोकायाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै, हुम्लाको अदानचुली–२ का २८ वर्षीया रेशम भण्डारी घाइते भएका छन् । घाइते भण्डारीलाई उपचारका लागि जिल्ला अस्पताल मुगु लगिएको छ ।

प्रतिक्रिया