मधेसमा मुख्यमन्त्री नियुक्तिमा एमालेभित्र असन्तुष्टि
मधेस प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिप्रति एमालेभित्र असन्तुष्टि देखिएको छ। प्रदेश सभाका प्रमुख सचेतक हरिनारायण महतोले संविधानको धारा १६८(२) अनुसार सरकार बन्न सक्ने अवस्थामा धारा १६८(३) प्रयोग गरेर सरकार गठन हुनु गलत भएको बताए।
उनका अनुसार एमाले प्रदेश कमिटी र संसदीय दलमा धारा २ अनुसार अघि बढ्ने सहमति भए पनि कुनै जानकारी नदिई प्रदेश प्रमुख सुमित्रादेवी भण्डारीले सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन्।
महतोले यो प्रक्रिया संविधानविपरीत र पार्टीभित्र छलफलबिना भएको भन्दै असहमति जनाएका छन्। आफ्नै पार्टीका नेता मुख्यमन्त्री बने पनि प्रदेश सभाका एमालेकै अधिकांश सांसदलाई यस विषयमा जानकारी नदिइएको उनको भनाई छ।
प्रतिक्रिया

