सर्पको डसाइबाट महिलाको मृत्यु
सर्पको डसाइबाट झापाको गौरादहमा महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह नगरपालिका–६ तेडियाडाँगी बस्ने २५ वर्षीया चादनीदेवी शर्मा रहेकी छन् ।
घरभित्र खाद्य भण्डारमा समान निकाल्ने क्रममा गएराति ८:३० बजे आसपासमा उनलाई गोमन सर्पले दाँया खुट्टामा डसेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । त्यसपछि उनलाई उपचारका लागि सामुदायिक सर्पदंश उपचार केन्द्र सिजुवा मोरङ लगिएकामा चिकित्सकले राति ११:४५ बजे मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ ।
गर्मीसँगै वर्षात्का समयमा सर्प डसाइको प्रकोप हुने गरेको भए पनि हिउँदका समयमा सर्प डसाइको घटना हुँदै आएको केन्द्रका इञ्चार्ज देवीप्रसाद भण्डारीले बताए । केन्द्रमा चालु आर्थिक वर्षको चार महिनामा ३७० जनाले उपचार सेवा पाएको उनको भनाइ छ ।
प्रतिक्रिया



