४ दिनमा तोलामै १७ हजार २ सय घटेको सुनको मूल्य आज स्थिर

पालिका डायरी
१३ कार्तिक २०८२, ११:४४
तोलामा १५ सयले बढ्यो सुनको मूल्य

चार दिनमा तोलाकै १७ हजार दुईसय रुपैयाँ घटेको सुनको मूल्य आज स्थिर छ।

गएको आइतबारदेखि बुधबारसम्म लगातार घट्दै आएको सुनको मूल्य आज तोलाको दुई लाख ३६ हजार तीनसय रुपैयाँमै स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको मूल्य हिजो तोलामा सातसय रुपैयाँ घटेको थियो भने मंगलबार प्रतितोला २ हजार ९ सय रुपैयाँ घटेको थियो।

गएको आइतबार भने एकैदिन सुनको मूल्य तोलामा ११ हजार ६ सय रुपैयाँ घटेको थियो। गत सोमबार तोलामा २ हजार घटेको सुनको मूल्य चार दिनपछि आज स्थिर रहेको हो। गएको असोज १९ गतेदेखि असोज ३० गतेसम्म (१३ दिनको अवधिमा) सुनको मूल्य तोलामा ३४ हजार आठसय रुपैयाँ बढेको थियो। गत वर्षको मंसिर १० गते एकैदिन सुनको मूल्य तोलामा १५ हजार नौसय रुपैयाँले घटेको थियो।

आज पनि चाँदीको मूल्य भने बढेको छ। हिजो तोला ४५ रुपैयाँ बढेर तोलाको दुई हजार नौ सय ६५ रुपैयाँ पुगेको चाँदीको मूल्य आथ तोलामा थप १५ रुपैयाँ बढेर तोलाको दुई हजार नौसय ८० रुपैयाँ पुगेको हो।

प्रतिक्रिया