जिप दुर्घटना हुँदा गाडी धनीको मृत्यु, चालक भागे
दार्चुलाको मार्मा गाउँपालिका–३ दानीखेतमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
आज बिहान लटिनाथबाट सार्सीतर्फ जाँदै गरेको सु.प.प्र०१ ००१ ज १६६२ नम्बरको जिप दानीखेतमा दुर्घटना भएको हो।
उक्त दुर्घटनामा परी जिपका मालिक ३४ वर्षीय करबिरसिंह ठगुन्नाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विक्रम शाहीले जानकारी दिए।
जिप कसले चलाएको र कसरी दुर्घटना भयो भन्नेबारे थाहा हुन नसकेको प्रहरीले जनाएको छ। जिप चालकको खोजी गर्न इलाका प्रहरी कार्यालय लटिनाथबाट प्रहरी टोली घटना स्थलतर्फ गएको छ।
प्रतिक्रिया



