मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १२ घाइते

पालिका डायरी
२ कार्तिक २०८२, १५:४३
मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १२ घाइते

कैलालीको लम्कीमा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् । बर्दगोरिया गाउँपालिका–४, बाट चिसापानी तर्फ गइरहेको सु.प्र०१००२त ४९९१नम्बरको ट्याक्टर लम्की चुहानगरपालिका–१,धोबेनी खोलामा पल्टिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर बर्दगोरिया–४, का १६ वर्षीय शितल साउँद, ३७ वर्षीय हर्क साउँद र ६४ वर्षीय दानबहादुर साउँदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले घाइते १२ जनामध्ये चार जनाको अवस्था गम्भीर रहेको बताए । उनले घाइतेहरुको स्थानीय लालरत्न मेडिकलमा उपचार भइरहेको जानकारी दिए ।

दुर्घटनामा परेरघाइते भएका बर्दगोरिया–४, का १४ वर्षीय रबिन साउँद, १५ वर्षीय एति साउँद, ४५ वर्षीय सिंगे साउँद र सोहीठाउँका ५० वर्षीय भीमबहादुर रोकायाको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक सिंहले बताए । त्यस्तै लम्कीचुहा–४, का ४५ वर्षीय रुद्रलाल न्यौपाने, बर्दगोरिया–४, का नौले साउँद, १८ वर्षीय आयुष साउँद, १६ वर्षीय आशिष साउँद, रोहित साउँद, १२ वर्षीय आरुश साउँद र १८ वर्षीय रुपक बोहरा घाइते भएकाछन् ।

इलाकाप्रहरी कार्यालय लम्कीकाअनुसार मलालीबोकेर चिसापानीजाँदै गरेको ट्याक्टर अनियन्त्रितभएर सडकबाटकरिब ५० मिटर तल पल्टिएर दुर्घटना भएको बुझिएको छ । ट्याक्टर चालक भने फरार रहेका प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार बर्दगोरिया–४, का ७४ हर्क साउँदको मलामी जाने क्रममा दुर्घटना भएको हो ।

प्रतिक्रिया