खोलामा डुबेर तीन बालिकाको मृत्यु

पालिका डायरी
३० आश्विन २०८२, १७:०३

झापाकाे गौरादह नगरपालिका–९ स्थित सिस्नेखोलामा माछा मार्ने क्रममा डुबेर आज दिउँसो तीन बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा स्थानीय अञ्जु मगरका दुई छोरी सात वर्षीया सुष्मा मगर, नौ वर्षीया स्वीकृति  मगर र निर्मला परियारकी ११ वर्षीया छोरी रोश्नी परियार छन्। उनीहरूको माछा मार्ने क्रममा खोला डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीले घटनास्थल पुगिसकेको र थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया