रातोमाटेबाट प्रतिबन्धित पटकाजन्य पदार्थ बरामद 

पालिका डायरी
२३ आश्विन २०८२, १६:५४

हेटौंडा / मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोइन्टमा प्रहरीले प्रतिबन्धित पटकाजन्य पदार्थ बरामद गरेको छ।

रातोमाटे प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले पूर्व–पश्चिम राजमार्गमा नियमित चेकजाँचका क्रममा हिजो बुधबार बीरगंजबाट हेटौंडा तर्फ आउँदै गरेको म.प्र.०३–००१ ज ०७५५ नम्बरको यात्रु बाहक ईभी गाडी रोकी जाँच गरेको थियो।

जाँचका क्रममा गाडीको छतमा लुकाइछिपाइ अवैध रुपमा ल्याइएको करिब रु. ५०,००० (पचास हजार) बराबरको ५०० प्याकेट प्रतिबन्धित पटकाजन्य पदार्थ फेला पारी प्रहरीले बरामद गरेको हो।

बरामद गरिएको उक्त पदार्थसहित अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया