स्कुटरको ठक्करबाट पैदल यात्रुको मृत्यु

पालिका डायरी
२३ आश्विन २०८२, १०:४५
accident

हेटौंडा /  चितवनको राप्ती नगरपालिका–२ सिमरा चोकमा बुधबार (हिजो) स्कुटरको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ ।

बा.प्र ०२ ०५६ प १११५ नम्बरको स्कुटरले पैदल यात्रीलाई ठक्कर दिँदा रौतहट माधव नारायण नगरपालिका–८ का २४ वर्षीय रुपेश राय यादव गम्भीर घाइते भएका थिए । गम्भीर घाइते यादवलाई तत्काल उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज लगिएको थियो । उपचारका क्रममा साँझ उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने स्कुटर चालक राप्ती नगरपालिका–२, चितवनका १८ वर्षीय दिपेश गौतम पनि घाइते भएका छन् । उनको नाक र टाउकोमा चोट लागेको र पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटनापछि स्कुटरलाई इलाका प्रहरी कार्यालय भण्डाराले नियन्त्रणमा लिएको छ । दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया