तुइनखोलामा खस्यो ठूलो पहिरो, अन्य सडक प्रयोग गर्न आग्रह
file photo
मुग्लिन-नारायणगढ सडकखण्डको तुइनखोला पुलनजिकै फेरि ठूलो खसेको छ ।
पहिरो साँझ ५ बजे आसपास खसेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । निरन्तर पहिरो खसिरहेकाले पन्छाउन समस्या भएको र सडक खुलाउन कति समय लाग्छ भन्ने सक्ने अवस्था नरहेको कार्यालयले जनाएको छ । त्यस्तै कार्यालयले वैकल्पिक सडक प्रयोग गर्न पनि यात्रुहरूलाई अनुरोध गरेको छ ।
दिउँसो १ बजेदेखि दुवैतर्फ बन्द भएको सडक केहीबेर सञ्चालनमा आएको थियो । तर फेरि पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । यसअघि, गत शुक्रबार साँझ खसेको पहिरोका कारण सवारी आवागमन दुवैतर्फ अवरुद्ध भएको थियो। त्यसको झन्डै ४५ घण्टापछि सडक एकतर्फीरूपमा सञ्चालनमा ल्याइएको थियो ।
तर, माथिबाट निरन्तर खसिरहेको सुक्खा पहिरोका कारण सडक आवागमन सहज हुन सकेको छैन । सडकमा दसैँका लागि घर हिँडेका यात्रुहरू अलपत्र परेका छन् ।
प्रतिक्रिया

