हेटौंडामा ट्याङकर, ट्रक र बस ठोक्किँदा ३१ जना घाइते
पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौंडा–१९ दारिमटारमा तीनवटा सवारी साधन आपसमा ठोक्किँदा ३१ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार तेल बोकेको ट्याङकर, मालबाहक ट्रक र यात्रुवाहक बस एक–आपसमा ठोक्किँदा दुर्घटना भएको हो। घाइते सबैलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए।
दुर्घटनास्थलमा प्रहरीको टोली खटिएको छ भने घटनाको विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

