गठबन्धनका चार ट्रेड युनियन भन्दा एमाले निकट ट्रेड युनियनको पल्ला भारी

राम कुमार दानी
३० जेष्ठ २०८२, १९:३४
गठबन्धनका चार ट्रेड युनियन भन्दा एमाले निकट ट्रेड युनियनको पल्ला भारी

हेटौंडा /  समग्र उद्योग ट्रेड युनियन नेपाल, जिल्ला समन्वय समितिको नेतृत्वमा आज सम्पन्न भएको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अन्तर्गतको घटक संस्था समग्र उद्योग ट्रेड युनियन नेपाल (व्हिन) ले भारी मतका साथ विजयी हासिल गरेको छ।

नेकपा एमाले निकट जिफन्ट आबद्ध समग्र उद्योग ट्रेड युनियन नेपाल (व्हिन) ले गठबन्धनमा रहेका चार ट्रेड युनियनहरू अखिल नेपाल औद्योगिक मजदुर संघ,  कारखाना श्रमिक संघ, राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन र समाजवादी ट्रेड युनियनलाई अत्यधिक मतान्तरले पराजित गरेको हो।

गोरखा लाहारी प्रा.लि. मा सम्पन्न भएको उक्त निर्वाचनमा व्हिनले गठबन्धनमा आबद्ध अखिल नेपाल औद्योगिक मजदुर संघलाई पराजित गर्दै स्पष्ट बहुमतसहित विजय हासिल गरेको हो।

विजयको अवसरमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) मकवानपुरका जिल्ला अध्यक्ष सम्भु लामाले खुसी व्यक्त गर्दै भने, “यो हाम्रो समग्र औद्योगिक मजदुरहरू प्रति देखाइएको साथ र समर्थनको परिणाम हो।”

उनले नव निर्वाचित टोलिलाई बधाई दिँदै आगामी दिनमा पनि सधैं मजदुरहरूको पक्षमा लागिरहन सुझाव दिए। साथै, सफल कार्यकालको शुभकामना समेत व्यक्त गरे।

प्रतिक्रिया