कालीमाटीमा सबैजसो तरकारी महँगियो, गोलभेँडाको भाउ किलोको १ सय नाघ्यो
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार) का लागि तरकारी तथा फलफूलहरुको थोक मूल्यसूची सार्वजनिक गरेको छ।
कालीमाटीमा आज धरैजसो तरकारीको मूल्य बढेको छ। कालीमाटीमा आज गोलभेँडा, मूला, काउली, बोडी, भिन्डी, भान्टा, बन्दा, घिरौँला,सहित धेरैजसो तरकारीको मूल्य बढेको हो। अरु तरकारीको दाँजोमा गोलभेँडाको मूल्य धेरै बढेको समितिले जनाएको छ। हिजोको आजै गोलभेँडाको मूल्य २० रुपैयाँसम्म बढेको छ।
यही जेठ १६ गते प्रतिकिलो ४५ रुपैयाँमा पाइने ठूलो नेपाली गोलभेँडाको मूल्य आज कालीमाटीमा १०५ रुपैयाँ पुगेको छ। कालीमाटीमा आज ठूलो नेपाल गोलभेँडा १०५, ठूलो भारतीय गोलभेँडा ७५, सानो लोकल गोलभेँडा ७८, टनेलको गोलभेँडा ८८, रातो आलु ३८, भारतीय रातो आलु ३३, सुकेको भारतीय प्याज ३९, लोकल गाँजर ६६, बन्दा १९, स्थानीय काउली ६९, लोकल सेतो मुला ३१, लाम्चो भन्टा २७, डल्ले भन्टा ३५, तने बोडी ४६, मकै बोडी ६५ रुपैयाँ प्रतिकिलो छ।
त्यसैगरि करेला ५०, परबल ४८, घिरौँला ४४, झिँगुनी ५५, हरियो फर्सी लाम्चो ३४, डल्ले फर्सी २६, पाकेको फर्सी ४०, भिन्डी ३८, कन्य च्याउ १७०, डल्ले च्याउ ३२६, ब्रोकाउली ८५, न्युरो २५, कुरिलो २६७, सिताके च्याउ ८५२, राजा च्याउ २९० रुपैयाँ प्रतिकिलो छ। थोकमा किनबेच भइरहेको यो सबै औसत मूल्य हो।
कालीमाटीमा हिजो ठूलो नेपाल गोलभेँडा ८५, ठूलो भारतीय गोलभेँडा ७५, सानो लोकल गोलभेँडा ६५, टनेलको गोलभेँडा ८०, रातो आलु ३८, भारतीय रातो आलु ३३, सुकेको भारतीय प्याज ३९, लोकल गाँजर ६०, बन्दा १८, स्थानीय काउली ६०, लोकल सेतो मुला ३१, लाम्चो भन्टा २१, डल्ले भन्टा ३०, तने बोडी ४३, मकै बोडी ६५ रुपैयाँ प्रतिकिलो थियो।
त्यसैगरि करेला ४६, परबल ४४, घिरौँला ४४, झिँगुनी ५५, हरियो फर्सी लाम्चो २७, डल्ले फर्सी २०, पाकेको फर्सी ४०, भिन्डी ३९, कन्य च्याउ १९१, डल्ले च्याउ ३२५, ब्रोकाउली ७८, न्युरो २५, कुरिलो २९५, सिताके च्याउ ८५१, राजा च्याउ २९० रुपैयाँ प्रतिकिलो थियो।

