पुलबाट मोटरसाइकल खोलामा खस्दा ३५ वर्षीय युवकको मृत्यु
सर्लाहीमा पुलबाट मोटरसाइकल खस्दा एक युवकको मृत्यु भएको छ ।
बरहथवा नगरपालिका-१७ कटानीमा गएराति करिब पौने तीन बजे बागमती नहरको पुलबाट ना.४६ प २८२० नम्बरको मोटरसाइकल खस्दा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । मृत्यु हुनेमा मलंगवा नगरपालिका-४ का ३५ वर्षीय घनश्याम राय छन्।
आज बिहान पौने तीन बजेतिर कटानीबाट कडरिया टोलतर्फ जाँदै गर्दा राय सवार मोटरसाइकल आफैँ अनियन्त्रित घुमाउरो सडकबाट पुलमा ठोकिँदै तीन मिटरजति तल खोलामा खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई भेनस अस्पताल बरहथवामा प्राथमिक उपचारपछि थप उपचारका लागि एलएस न्यूरो अस्पताल बारा लगिएको थियो । त्यहाँ पुर्याउनासाथ उनलाई चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।
प्रतिक्रिया

