युसेस सहकारीको अवलोकन भ्रमण सुरु
हेटौंडा / हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ पारिजात पथमा रहेको युसेस वचत तथा ऋण सहकारी संस्थाले शुक्रबारबाट सहकारीहरुको अवलोकन भ्रमण सुरु गरेको छ । संस्थाको चालु आर्थिक बर्ष २०८१। ०८२ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार मधेस प्रदेशका विभिन्न जिल्लाका सहकारीहरुको ३ दिने अवलोकन भ्रमणको आयोजना गरेको उत्तम शर्मा ढकालले जानकारी दिए ।
शुक्रबारबाट सुरु भएको अवलोकन भ्रमण कार्यक्रम अन्तर्गत पहिलो दिन सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ११ मा रहेको सगुन वचत तथा ऋण सहकारी संस्था लिमिटेडको अवलोकन गरेको छ ।
उक्त अवसरमा युसेस सहकारीका अध्यक्ष उत्तम शर्मा ढकाल र सगुनका अध्यक्ष केशव प्रसाद ढकाल तथा सहकारीका व्यबस्थापक एवं सहकारीमा आवद्ध सदस्यहरुले आआफ्नो अनुभव आदानप्रदान गरेका थिए ।
सगुन सहकारीका प्रवन्धक रबिन्द्र रानाले सहकारीले संचालन गरिरहेका आर्थिक तथा सामाजिक गतिविधिका बारेमा जानकारी गराएका थिए ।
विभिन्न सहकारी संस्थाहरुले गरेका कार्यहरु र देशका विभिन्न स्थानहरुमा रहेका ऐतिहासिक धार्मिक स्थलहरुको अवलोकन गर्ने उद्धेश्यले भ्रमणको आयोजना गरिएको युसेस सहकारीका उपाध्यक्ष एवं अवलोकन भ्रमणका संयोजक हयग्रीव आचार्यले जानकारी दिए ।
भ्रमण टोलिमा ३७ जना सहभागिता रहेका छन् । हाल सहकारीमा ९ सय जना शेयर सदस्य रहेका छन भने संस्थाको बर्षीक कारोबार साढे ८ करोड माथी रहेको ब्यवस्थापक गिता भट्टराई पोखरेलले जानकारी दिइन् ।

