माओवादीमा भित्रिए गंगानारायण, दिइयो सचिवको जिम्मेवारी
नेकपा माओवादी केन्द्रसँग पार्टी समायोजन गरेका नेपाल समाजवादी पार्टीका संयोजक गंगानारायण श्रेष्ठले सचिवको जिम्मेवारी पाउने भएका छन्।
सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा माओवादीको तर्फबाट अध्यक्ष पुष्पककमल दाहाल ‘प्रचण्ड’ र समाजवादीको तर्फबाट संयोजक श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरे।
पार्टी समायोजनसम्बन्धी ५ बुँदे सम्झौता पत्रमा उनलाई माओवादीको केन्द्रीय सचिवको जिम्मेवारी दिने र अरुलाई सम्मानजनक जिम्मेवारी दिइने उल्लेख गरिएको छ।
‘पार्टी समायोजनको नेतृत्व गरेका गंगानारायण श्रेष्ठलाई नेकपा (माओवाद केन्द्र) को केन्द्रीय सचिव र समायोजन हुने बाँकी सबै कमरेडहरुलाई सम्मानजनक रुपमा संगठनात्मक जिम्मेवारी सहितको कार्यविभाजन गरिनेछ,’ सहमतिमा भनिएको छ।
प्रतिक्रिया



