चितवनमा दुई ट्रक ठोकिँदा ७ जना घाइते

पालिका डायरी
८ जेष्ठ २०८२, १२:४७
चितवनमा दुई ट्रक ठोकिँदा ७ जना घाइते

चितवनको गाईघाटमा दुई ट्रक एकआपसमा ठोकिँदा ७ जना घाइते भएका छन् ।

आज बिहीबार बिहान ६:५० बजेतिर नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६२८७ नम्बरको ट्रक र मुग्लिनबाट नारायणगढतर्फ आइरहेको ना ६ ख ९८९७ नम्बरको ट्रक आपसमा ठोकिएका हुन् ।

चितवनको भरतपुर महानगरपालिका-२९, गाईघाटमा भएको दुर्घटनामा दुवै ट्रकका चालकसहित ७ जना घाइते भएको चितवन प्रहरीले जानकारी दिएको छ । घाइतेहरूलाई भरतपुरका विभिन्न अस्पतालमा लगिएको छ । घाइतेहरूको पहिचान खुल्न बाँकी छ ।

प्रहरीका अनुसार ठोकिएका दुवै ट्रक क्षतिग्रस्त भएका छन् । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ । तीव्र गतिका कारण ट्रक आपसमा ठोकिएको अनुमान प्रहरीले गरेको छ ।

दुर्घटनापछि केहीबेर सडकमा यातायात प्रभावित भए पनि आहिले भने एकतर्फी रूपमा खुलाइएको चितवन प्रहरीले जनाएको छ ।

प्रतिक्रिया