मकवानपुरबाट चोरी भएका दुई ट्रक चितवनमा फेला, धनीलाई बुझाइयो

पालिका डायरी
३ जेष्ठ २०८२, १४:३९

हेटौंडा / मकवानपुरबाट चोरी भएका दुईवटा ट्रक चितवनको खैरहनी नगरपालिका वडा नम्बर ९ स्थित पूर्व-पश्चिम लोकमार्ग सडकखण्डको किनारमा फेला परेको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ निवासी ४१ वर्षीय ईश्वर बलामीको नाममा दर्ता भएको ना ३ ख ७३२० नम्बरको ट्रक वैशाख ३० गते नवलपुर वडा नम्बर ११ स्थित ग्यारेजबाट चोरी भएको थियो । त्यस्तै, मकवानपुरकै वडा नम्बर ३ निवासी ४६ वर्षीय हरि बहादुर डंगोलको मे १ ख १४५७ नम्बरको ट्रक वैशाख ३१ गते आफ्नै घर अगाडिबाट चोरी भएको थियो ।

पीडितहरुको उजुरीपछि खोजतलास गर्ने क्रममा दुवै ट्रक चितवनको खैरहनी नगरपालिका क्षेत्रमा फेला पारिएको प्रहरीले जनाएको छ। फेला परेका ट्रकहरू सम्बन्धित धनीहरूलाई कार्यालयमा बोलाई सनाखत गराई वैशाख ३ गते शुक्रबार (हिजो) बुझाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

हाल उक्त चोरी घटनामा संलग्न व्यक्तिहरुको खोजतलास भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया