मकवानपुरकाे ज्यामिरेमा ट्रक दुर्घटना : चालक र साहु घाइते

पालिका डायरी
२८ बैशाख २०८२, ११:०२
मकवानपुरकाे ज्यामिरेमा ट्रक दुर्घटना : चालक र साहु घाइते

हेटौंडा /  मकवानपुर जिल्लाको मनहरी गाउँपालिका-०८, ज्यामिरे चौधमाईल नजिक पूर्व–पश्चिम राजमार्गमा  ट्रक दुर्घटना हुँदा चालक र ट्रकमा सवार सवारी धनी घाइते भएका छन्।

गए राती १:३० बजे तिर सर्लाहीबाट काठमाडौँतर्फ जाँदै गरेको मधेश प्रदेश–०३–००२ ख. ३२५४ नम्बरको ट्रक सडकको बायाँ साइडमा रहेको विद्यु‍तकाे पोलमा ठोक्किएर पल्टिएको मकवानपुर प्रहरीले जनाएको छ । दुर्घटनामा ट्रक चालक रौतहट चन्द्रपुर नगरपालिका–२ निवासी ३१ वर्षीय सन्दीप लामाकाे  टाउको र घाँटीमा चोट लागेर घाइते भएका छन्।

त्यसैगरी, सवारी धनी सर्लाहीकाे बागमती गाउँपालिका–८ निवासी ३१ वर्षीय नबिन कुमार गरङजाकाे बाँया खुट्टामा चोट लागेकाे छ । दुवै जनालाई उपचारका लागि तत्काल मनहरी अस्पताल पठाइएको थियो । अस्पताल स्रोतका अनुसार चालकको अवस्था मध्यम रहेको छ भने ट्रक साहुको अवस्था सामान्य छ ।

दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया