हेटौंडा / विकास जनताको लागि भएकाले विकासमा जनताको सहभागिता र अपनत्व रहनुपर्ने वडा नं. ४ का अध्यक्ष नवीन सिग्देलले बताएका छन्।
भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, खेलकुद, धार्मिक पर्यटन, भाषा–संस्कृतिको प्रवर्द्धन, वातावरण संरक्षण र सामाजिक अभियान क्षेत्रमा प्राथमिकताका साथ वडाले कार्य गरिरहेको अध्यक्ष सिग्देलले जानकारी दिए। उनले ४ नं. वडा नगरको मुटु भएकाले नगरमै प्रतिनिधिमूलक कार्य अगाडि बढाउन वडा अग्रसर भएको बताए।
कार्यक्रममा सहभागीहरूले वडा कार्यालयले गरेको कार्यप्रति सन्तुष्टि व्यक्त गर्दै थप कार्यहरू अगाडि बढाउन सुझाव दिएका छन्। उनीहरूले विकासलाई चौतर्फी रूपमा अगाडि बढाउन साथ र सहयोग रहने प्रतिबद्धता जनाएका छन्।
वडा सदस्य गीता त्रिपाठीको अध्यक्षतामा सम्पन्न भेलामा समाजसेवी प्रदीप कोइराला, टोल विकास संस्था वडा समन्वय समितिका अध्यक्ष राजेन्द्रकुमार बस्ताकोटी, २६ वटा टोल विकास संस्थामध्ये आज शनिबार वडाले गरेका कामको समीक्षा र आगामी गर्नुपर्ने कामको सुझाव संकलन गर्न आयोजित भेलामा ९ वटा टोल विकास संस्थाका अध्यक्षहरू — नीरु अर्याल सुवेदी (गर्दोही), शान्ति बराल (लक्ष्मी), गणेश श्रेष्ठ (चिल्ड्रेन पार्क), गंगा अर्याल (चिसापानी), राजु अर्याल (हरियाली), सुदर्शन ढकाल (प्रतिभानगर), स्वेता कोइराला (प्रजातान्त्रिक), आशा विष्ट (वीरेन्द्रनगर) र सुन्दर न्यौपाने (श्रद्धानगर) — सहित टोलबासीहरूको उपस्थिति रहेको थियो।
अन्य टोल विकास संस्थाहरूको भेला वैशाख २९ गते हुने वडा सचिव रामप्रसाद गुरागाईंले जानकारी दिएका छन् ।

