जमिनमा दबिएको गाडीको अनुसन्धान गर्न भूगर्भविद घटनास्थलमा

पालिका डायरी
२३ बैशाख २०८२, १५:४१
जमिनमा दबिएको गाडीको अनुसन्धान गर्न भूगर्भविद घटनास्थलमा

हेटौंडा / हेटौंडामा शुक्रबार खाल्टोमा दबिएको गाडीको अनुसन्धान गर्न भूगर्भविद आइपुगेका छन् । मंगलवार (आज)  घटनास्थलमा भूगर्भविद नारायण अघिकारी र कृष्ण पाण्डे सहितको टोली आइपुगेका हुन् ।

हेटौंडा उपमहानगरपालिका–१७ गौरीगाउँ भन्ने स्थानमा खाल्टोमा खाल्टोमा दबिएर बेपत्ता भएको छ डिआइ गाडी अझै परेको छैन । शुक्रबार साँझ माछा पालन गर्दै आएको पोखरीको छेउबाट बनाइएको कच्ची सडकको हिलोमा फसेको ना ४ च ४८३३ नम्बरको डिआइ गाडी निकाल्ने क्रममा अचानक खाल्टोमै दबिएर बेपत्ता भएको हो ।

माछाको दाना लिन हेटौंडा बजारतर्फ आउन लागेको गाडी खाल्टोमा दबिएर बेपत्ता भएको थियो । दुईदिन खोजी गर्दा पनि गाडी फेला नपरेको हो । मकवानपुर प्रहरीले जनाएको छ । उक्त गाडीमा चालक र सहचालक सवार थिए । गाडी दबिदै गएपछि उनीहरु गाडीबाट निस्किएर ज्यान जोगाउन सफल भएको भने गाडी ५ सेकेन्डकोबीचमा खाल्टोमै हराएको थियो ।

प्रतिक्रिया