शिकारीले फालेको दुईथान बन्दुक फेला
सिरहाको गोलबजार नगरपालिका–१० डण्डाबाट दुईथान भरुवा बन्दुक फेला परेको छ । शिकार खेल्न गएका शिकारीहरूले बन्दुक फालेर भागेको अवस्थामा दुई थान भरुवा बन्दुक फेला परेको हो।
शिकार खेल्ने क्रममा बन्दुक पड्किएको सूचना पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेर खोजतलासको क्रममा भरुवा बन्दुक फेला परेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक गोबिन्द साहले जानकारी दिए ।
शिकारीहरुले आपगाछी क्षेत्रमा दुईथान भरुवा बन्दुक फालिएको अवस्थामा फेला परेको प्रहरी निरीक्षक साहले बताए । उनले भने, ‘शिकारीहरूले सिकार खेल्ने क्रममा बन्दुक पड्काएको सूचना आएपछि हामी घटनास्थलमा पुगेर खोजतलास गर्दा बन्दुक फेला पारेको हो ।´
बन्दुक कसले फालेको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया

