देशका प्रमुख ५ सडकमा बाढी पहिरोले अबरोध

पालिका डायरी
२१ बैशाख २०८२, ११:१४
भीमफेदी ९ मा पहिरो खस्दा त्रिभुवन राजपथ अवरुद्ध File photo

देशभरी परेको पानीका कारण बिभिन्न राजमार्ग अबरोध भएका छन् ।

नेपाल प्रहरीका अनुसार अबिरल बर्षा, पहिरो र बाढिका कारण मुख्यतयाः प्रमुख सडकहरू अबरूद्द हुन पुगेका छन् । जसअनुसार अबिरल बर्षाका कारण बागमति नदीले कल्भर्ट भत्काउँदा कान्ति लोकपथ पुर्ण रूपमा अबरूद्द भएको छ भने धादिङको कृष्णभीरमा पहिरो जाँदा पृथ्वी लोकमार्ग एकतर्फी मात्रै सुचारू भएको छ ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउपालिका–२ कोप्लाङस्थित अरनिको राजमार्ग साना गाडी मात्रै चल्ने गरी एकतर्फी सुचारू भएको छ ।  त्यसो त नवलपरासी पुर्वको बिनयी खोलमा आएको बाढीले बिनयी र चौसट्ठीमा क्रमशः एकतर्फी मात्रै र चौसट्ठीमा पुर्ण रूपमा अबरोध भएको नेपाल प्रहरीले जनाएको छ ।

प्रतिक्रिया