अनलाईनमा बालबालिकाको सुरक्षा सम्बन्धि छलफल

पालिका डायरी
७ भाद्र २०८१, २१:१४

हेटाैंडा /  पछिल्लो समय बालबालिकाहरु अनलाईन माध्यामको जोखिममा परेका घटनाहरु बढ्दो छ । अनलाईनको दुरुपयोगले बालबालिकाहरुले ठुलो चुनौती खेप्न परेका छन् । यस्तै चुनौतीहरुको अन्त्य गर्दै अनलाईनमा बालबालिकालाई सुरक्षित राख्न के गर्न सकिन्छ भन्ने बिषयमा हेटौंडा चर्चा भएको छ।

शुक्रबार बाल हेल्प लाईन (सिविन) को आयोजनामा हेटौंडामा सरोकारवाला निकाय र बालबालिकाको समेत उपस्थितीमा बालबालिकामा अनलाईन सुरक्षाका बिषयमा छलफल गरिएको हो । हेटौंडा उपमहानगरपालिकाका २० वटा सामुदायिक विद्यालयका बालबालिका, आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने, जिल्ला प्रहरी कार्यालय मकवानपुका प्रमुख सीताराम रिजाल लगाएत सरकोकारवाला निकायको उपस्थितीमा बालबालिकालाई अनलाईन सुरक्षा प्रदान गर्न कस्ता योजनाहरु बनाउनु पर्छ रु भन्ने बिषयमा छलफल गरिएको थियो ।
इन्टरनेटको प्रयोग गर्दा पहिले आफू सचेत हुन आवश्यक रहेको मकवानपुर प्रहरी प्रमुख ९एसपी० रिजालले बताए । नराम्रा साइडहरु क्लिक नगर्न, आफ्नो सामाजिक सञ्जालको पासवर्ड गोप्य राख्न तथा इन्टरनेट प्रयोग गर्दा आफ्नो लोकेशनहरु सेयर नगर्न एसपी रिजालले बालबालिकाहरुलाई सुझाव दिए ।

यस्तै, उनले बालबालिकाहरुलाई अनालाईन जोखिमबाट जोगाउनका लागि मकवानपुर प्रहरीले विभिन्न विद्यालयहरुमा गएर सचेतनाको कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताए । कसैबाट धम्की आए, आफ्नो चरित्र हत्या गर्न खोजे अथवा जस्तो सुकै समस्याहरु आइपरेमा जिल्ला प्रहरी कार्यालयमा आउन सुझाव दिए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका आन्तरिक मामिला मन्त्री सुरजचन्द्र लामिछानेले बागमती प्रदेशमा बालबालिकाको अधिकारका निम्ती थुप्रै कानुनहरु निर्माण भएको जानकारी दिए । बालबालिकालाई अनलाईन सुरक्षाका लागि इन्टरनेट प्रदायक संस्थाहरुसँग सहकार्य गरेर अश्लिल समाग्रीहरु बालबालिकाले चलाउने साइडमा नआउने बनाउनका लागि प्रदेश सरकारले पहल गर्ने बताए ।

कार्यक्रममा उपस्थित बालबालिकाहरुले सरकार र इन्टरनेट सेवा प्रदायकहरुलाई ६ बुँदे सुझावहरु समेटिएको सुझावपत्र मन्त्री लामिछानेलाई बुझाएका थिए । उक्त सुझावपत्रमा बालबालिकाका लागि विद्युतीय स्पेसहरु सुरक्षित बनाउन काम गर्नुपर्ने देखि बाल योन दुव्र्यवहार सामाग्रीहरु इन्टरनेट र समाजिक सञ्जालबाट हटाउन आचारसंहिता वा निर्देशिका बनाउनुपर्ने लगायत उल्लेख गरिएको छ ।

बाल हेल्प लाईन ९सिविन० का केन्द्रीय अध्यक्ष माधव प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा आन्तरिक मन्त्री लामिछानेको प्रमुख आतिथ्यता रहेको थियो। यस्तै, हेटौंडा उपमहानगरपालिका, मनहरी गाउँपालिका, मकवानपुरगढी गाउँपालिकाका शिक्षा शाखा अधिकृत, बाल हेल्पलाईन मकवानपुरका संयाेजक झबेन्द्र ज्ञावली तथा सरोकारवाला निकायहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया