सुनको मूल्य तोलामा २१ सयले बढ्यो

पालिका डायरी
२९ श्रावण २०८१, १२:१८
सुनको भाउ बढ्यो, चाँदीको घट्यो

नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा २१ सय रूपैयाँले बढेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ४८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा २५ रूपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ७४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया