सुनको मुल्य तोलामा ५ सयले बढ्यो

पालिका डायरी
१८ श्रावण २०८१, १२:१३
सुनको भाउ बढ्यो, चाँदीको घट्यो

काठमाडौं /  आज नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

शुक्रबार सुन तोलाको ५ सयले बढेर एक लाख ४९ हजार ९ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस अघि विहिबार सुनको मुल्य तोलाको १ लाख ४९ हजार ४ सय रहेको थियो ।  त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । चाँदी आज प्रतितोला ५ रुपियाँले घटेर तोलाको १९७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया