पहिरोले हेटौंडा–काठमाडौं जोड्ने सिस्नेरी सडक बन्द
file photo
शुक्रबार रातिदेखि जारी वर्षाका कारण पहिरो जाँदा हेटौंडा–काठमाडौं जोड्ने सिस्नेरी-दक्षिणकाली सडक बन्द भएको छ ।
हेटौंडा–काठमाडौं सडकअन्तर्गत मकवानपुरको इन्द्रसरोवर २ छेपारेमा पहिरो खस्दा बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सडकमाथिबाट ठूलो पहिरो खसेको र निरन्तर वर्षा भइरहेका कारण तत्काल बाटो खुलाउन सकिने सम्भावना नरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले उक्त सडक अवरुद्ध भएकाले वैकल्पिक सडक प्रयोग गर्न अनुरोध समेत गरेको छ।
प्रतिक्रिया


