बागमती सरकारमा आज एमाले भित्रिँदै, जगन्नाथ थपलिया अर्थमन्त्री बन्दै
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज नेकपा एमालेलाई सरकारमा सहभागी गराउने भएका छन् । उनले आज मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।
एमाले बागमती संसदीय दलका नेता जगन्नाथ थपलियाको नेतृत्वमा एमाले सरकारमा सहभागी हुने भएको हो । थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गर्न लागिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
थपलियाको पद तथा गोपनीयताको शपथ आजै साँझ ५ बजेका लागि तय भएको बताइएको छ । योसँगै थपलिया दोस्रोपटक प्रदेशका अर्थमन्त्रीमा नियुक्त हुने भएका हुन् । यसअघि गत २६ पुस २०७९ मा पनि मुख्यमन्त्री जम्कट्टेलले थपलियालाई अर्थमन्त्री नियुक्त गरेका थिए ।
बागमती प्रदेशमा नयाँ सत्ता गठबन्धनअनुसार सरकार विस्तार गर्न लागिएको हो ।
प्रतिक्रिया



