कानुन र पार्टी विधान विपरीत भएकाले चौधरीलाई आयोगबाट अध्यक्ष अस्वीकार
file photo
निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरीलाई पार्टी अध्यक्ष बन्न अयोग्य घोषित गरेको छ। आयोगले ऐन, नियमावली र पार्टीकै विधानको आधारमा चौधरी पार्टी अध्यक्ष हुन नसक्ने निर्णय गरेको हो।
चौधरीलाई कैलाली टीकापुर हत्याकाण्डमा सर्वोच्च अदालतले दोषी ठहर गरी जन्मकैदको सजाय सुनाएको थियो। तर त्यसको केही समयपछि नै राष्ट्रपतिबाट उनलाई माफी प्रदान गरिएको थियो। तर फौजदारी कसुरमा परेका व्यक्तिले पार्टीको नेतृत्व लिन नसक्ने भएकाले आयोगले चौधरीलाई अध्यक्षमा अद्यावधिक गर्न अस्वीकार गरेको हो।
आयोगका अनुसार चौधरीले पार्टीको विधान नै उल्लंघन गरेका छन्, किनकि अध्यक्ष बन्नका लागि कम्तीमा एक वर्षदेखि केन्द्रीय सदस्य भइसकेको हुनुपर्ने विधानको व्यवस्था छ। चौधरीको नाम अद्यावधिक नभएकाले रञ्जिता चौधरी यथावत् नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रहनेछिन्।
प्रतिक्रिया


